डिशहोमका च्यानलहरु लोकप्रिय हुँदै

डिशहोमले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलहरुको प्रशारण सुरु गरिहेको छ । गत असोज देखिनै डिशहोमको “रमाइलो टिभि” र “एक्सन स्पोर्टस्” लगाएत का लोकप्रिय च्यानलहरुको प्रशारण सुरु गरेको थियो । सम्मानिय सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको समुपस्थितीमा सो कार्य सुभारम्भ गरिएको थियो । यसै गरि आफ्नो सेवा विस्तारको क्रममा त्यस यता डिशहोमको च्यानल नं १०४ मा प्रशारण हुने रमाइलो टिभिमा नयाँ नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी श्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण भइरहेका छन् ।

यसैगरी डिशहोमको च्यानल नं १०५ मा प्रशारण हुने नेपालकै पहिलो स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्समा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका बिभिन्न खेलहरुको प्रत्यक्ष प्रशारण, बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु तथा खेलकुद सम्बन्धि बिभिन्न कार्यक्रमहरु प्रशारण भइरहेका छन् । पूर्णरुपमा खेलकुद प्रति समर्पित यस च्यानल  बाट देशको कुनै पनि कुनामा संचालन हुने खेल प्रतियोगिताहरु देशभर छरिएर रहेका खेलप्रेमीहरुले प्रत्यक्ष रुपमा हेर्न पाउने हुँदा यसबाट समग्र नेपाली खेलकुदकै विकासमा महत्वपूर्ण योगदान पुगेको खेलकर्मी र खेलप्रेमीहरु बताउँछन् ।

यसै गरि एक्सन स्पोटर््समा अब रिंग रेस्लिङ्ग समेत प्रशारण हुने भएको छ । अमेरिकाका प्रोरेस्लिङ्गगेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्टेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिंह, निल र माक्सम्यान सहित ८ देशका व्यावसायिक रेस्लिङ्ग खेलाडीको सहभागिता रहेको दोश्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ्ग प्रतियोगिताको समेत प्रत्यक्ष प्रशारण गरेको थियो ।

उक्त रोमाञ्चक प्रतिस्पर्धाका झलकहरु सहित हरेक हप्ता शुक्रबार र शनिबार नियमित डिशहोमको एक्सन स्पोर्ट्स च्यानल नं. १०५ मा बेलुकी ८ बजेबाट रिंग रेस्लिङ्ग प्रशारण हुने डिसहोमले जानकारी दिएकोे छ । यसका साथै धनगढीमा भइरहेको खप्तड गोल्डकपको हरेक खेलको प्रत्यक्ष प्रशारण  भइरहेको पनि जानकारी दिएको छ ।

 

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com