धनगढी, माघ १ – सर्वाधिक राशीको सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्गत उपाधिका लागी आज त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लव खेल्दैछन् ।
खेल दिउँसो २ बजेपछी धनगढीमा शुरु हुनेछ । सेमिफाइनलमा आर्मीले मनाङलाई र एपिएफले आयोजक सुदुरपश्चिमलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।
प्रतियोगितामा नेपालका र भुटानको एक–एक गरी १२ टीमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेतालाई ११ लाख ११ हजार १ सय ११, उप–विजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडलसहितको पुरस्कार प्रदान गरिने छ । यस्तै विभिन्न बिधाका उत्कृष्टहरुलाई १५÷१५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिता पुस २१ गतेबाट धनगढीमा सुरु भएको हो ।

English
MTV NEPAL MTVNEPAL


