झापामा मोटरसाईकल चोरीमा संलग्न अाठजना पक्राउ

भन्सार छलेर भित्राएका ९ ओटा मोटरसाइकल सहित आठ जनालाई झापाको इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–६ का सुदिप रिजाल, बिर्तामोड–१० का विरेन्द्र लिम्बू, कचनकवल गाउँपालिका–२ का सञ्जोग लिम्बू, कन्काई नगरपालिका–२ का विशाल पुरी, सोही स्थानका अभिषेक मगर, बिर्तामोड–२ का हरि न्यौपाने, अर्जुनधारा नगरपालिका–२ का ओम प्रकाश सेन्चुरी र भद्रपुर नगरपालिका–२ का युवराज राई रहेका छन्। मोटरसाईकल चोरीका घटना बढेपछि जिल्ला प्रहरी कार्यालयको टोलीसँग सहकार्य गरेर चोरीमा संलग्न हुँदै आएकाहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

नियन्त्रणमा लिइएका ९ वटा मोटरसाईकल मध्ये ६ वटाको प्रमाणीकरण भईसकेको छ । प्रमाणीकरण गरिएका ६ वटा मोटरसाईकल मध्ये २ वटा बुलेट, एउटा डियुक र ३ वटा पल्सर रहेको पनि प्रहरीले जनाएको छ। पक्राउ परेका समूहले सस्तो मूल्य पाएर मोटरसाइकल खरिद गरेको बयान दिए पनि यातायात व्यवस्था कार्र्यालयमा यी मोटरसाईकलको कुनै पनि कागज वा रेकर्ड नभएको डिएसपी कृष्णप्रसाद कोइरालाले बताए। कागज पत्र नभएकाले भन्सार ऐन अन्तर्गत चोरी कार्यमा संलग्नहरुमाथि कार्वाही हुने पनि डिएसपी कोइरालाले बताए।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com