रसुवागढी नाकामा आजदेखि एक साताका लागी कन्टेनर सञ्चालनमा रोक

सोमबार, १ माघ, २०७४ मा प्रकाशित,
रसुवा, माघ १ । माघ ४ गते मनाइने ल्होसारलाई मध्यनजर गर्दै चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीमा आजदेखि कन्टेनर सञ्चालनमा रोक लगाइएको छ ।
सामग्री आयातका लागि केरुङ पुगेका कन्टेनरमा हिजोसम्म मात्र शील लगाइएको छ । हिजो शील लगाइएका कन्टेनर आज साँझसम्ममा नेपाल आइसक्ने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए ।
सामग्री बोक्ने कन्टेनर सञ्चालन नभए पनि पर्यटक बोक्ने सवारी तथा नागरिकलाई आवतजावत गर्न समस्या नहुने प्रमुख भन्सार अधिकृत कोइरालाले बताए ।
केरुङमा ल्होसारको समयमा भन्सारको काम ठप्प हुने भएपछि त्यहाँ पुगेका व्यवसायी पनि नेपाल फर्कने तयारीमा छन् । व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार केरुङमा रहेका व्यापारी, व्यवसायी र चालक नेपाल फर्कन सुरु गरिसकेका छन् ।
चिनियाँ भन्सार बन्द हुने भएपछि केरुङ जाने तयारीमा रहेका कन्टेनर नुवाकोटको बेत्रावती, कालिकास्थान, रसुवाको धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन् ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com