केबल टिभीलाई डिजिटल बनाउने समय थप

एनलग प्रविधिमा सञ्चालित केबल टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न सरकारले दिएको समय सीमा बढाएको छ।

काठमाडौं महानगरपालिका, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा उपमहानगरपालिका क्षेत्रका लागि नौ महिना र एक वर्ष समय सीमा बढाइएको हो। सररकारले राष्ट्रिय प्रसारण नियमावलीको आठौं संसोधन गरि समय सीमा बढाएको सूचना तथा सञ्चार सचिव दिनेश थपलियाले बताए। ‘व्यवासयीहरूले विभिन्न कारणले तोकिएकै समयमा डिजिटल नसकिने भन्दै समय माग गरेका थिए,’ उनले भने, ‘त्यसलाई मध्यनजर गरि समय थप गरिएको हो।’

अब काठमाडौं महानगरपालिका सहित विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा उपमहानगरपालिका क्षेत्रमा सञ्चालित केबल टेलिभिजन आगामी माघ मसान्तभित्र डिजिटलमा रुपान्तरण भइसक्नु पर्नेछ। अन्य क्षेत्रकाले भने २०७४ साउनसम्मको समय पाउनेछन्। काठमाडौं सहित विराटनगर, वीरगञ्ज, ललितपुर र पोखराका केबल टेलिभिजनलाई गत वैशाख १६ गतेभित्र डिजिटल भइसक्ने म्याद दिइएको थियो। अन्य क्षेत्रका लागि भने आगामी माघ मसान्तसम्मको समय दिइएको थियो।

सरकारले २०७० वैशाखमा पहिलोपटक सूचना प्रकाशित गरि एनलग प्रविधिमा आधारित केबल टेलिभिजनलाई डिजिटलमा रुपान्तरण हुन आग्रह गरेको थियो। सरकारले गत वैशाखसम्म एनलगबाट डिजिटलमा रुपान्तरण हुने केबल टेलिभिजनलाई कार्ययोजना पेस गर्न समय दिएको थियो।

त्यस अनुरुप सहरी क्षेत्रका अधिकांस केबल टेलिभिजनले कार्ययोजना पेस गरिसकेको नेपाल केबल टेलिभिजन महासंघका महासचिव रामकुमार बस्नेतले बताए। उनले भूकम्प, नाकाबन्दीलगायतका कारणले सयममा उपकरण आयात गर्न नसकेकाले समय सीमा थपिदिन सरकारसँग माग गरिएको जानकारी दिए।

हाल एनलग प्रविधिमा चलिरहेका केबल डिजिटल प्रविधिमा रुपान्तरण भएपछि उपभोक्ताले उच्च गुणस्तरीय भिडियो हेर्न पाउने छन्। यसैगरी टेलिभिजन च्यानलको संख्या वृद्धि हुनुका साथै आफुले छानेका च्यानल मात्र हेर्न पाउने सुविधा मिल्नेछ।

त्यस्तै आफुलाई मन परेको कार्यक्रम रेकर्ड गरेर राख्न मिल्ने सञ्चालकहरू बताउछन्। डिजिटल केबलका ग्राहकले एकपटकका लागि भने कम्तिमा २ हजार रुपैयाँको सेटअप बक्स भने किन्नु पर्नेछ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com