कलर्स स्मार्टफोनको स्मार्ट डिल

काठमाडौं। कलर्स मोबाइलले आफ्ना सेलेक्टेड स्मार्टफोनहरु केही दिनका लागि फ्रि पावर ब्याङ्क सहित मुल्यमा समेत कटौती गरेको छ।
यो वर्षको सबैभन्दा स्मार्ट डिलको घोषणा गर्दै इलिट इ १५, इलिट इ २० र कलर्स के ३ स्मार्टफोनहरुको मुल्यमा भारी कटौती गर्दै दश हजार एमएएचको पावर ब्याङ्क समेत प्रदान गर्ने जनाएको छ।

सीमित दिनका लागि संचालन गर्ने यो अफर चाडपर्वको आरम्भसँगैं स्मार्टफोन किन्ने योजना बनाइएका ग्राहकका लागि कलर्स मोबाइल नेपालले प्रदान गरेको यो अवसर लगानीको एक सुनौलो मौका हुन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो कम गराइएको मुल्य यस वर्षको चाडबाड आरम्भ भएसम्म जारी रहनेछ । कलर्स इ १५, जुन अपार शक्तिको स्रोत भएको स्मार्ट फोन हो र जसमा सिधै जगेडामा ५९ दिनसम्म टिक्ने ५००० एमएएच ब्याट्री रहेको छ भने ६ महिनामा बदल्न मल्ने वारेन्टी सहितको ड्रागन ट्रेल ग्लास जडित छ।

ग्राहकले स्मार्टफोनको स्मार्ट कारोबारका साथ १२ हजार चार सय ९५ मा खरीद गर्न सक्नेछन्। जसको मुल्य यसभन्दा अघि १४ हजार रहेको थियो । त्यस्तै इ २० स्मार्टफोनमा ५.५ इन्चको डिस्प्ले स्क्रिन छ। यसको बजार मुल्य हाल १४ हजार कायम गरिएको छ भने यसभन्दा पहिले यो मोबाइलको मुल्य १६ हजार रहेको थियो।

यसैगरी कलर्स के ३ पनि स्मार्ट कारोबारमा राखिएको छ । यो हार्डकोर स्मार्टफोनमा रुची राख्नेहरुका लागि अत्यन्त उपयुक्त मोबाइल रहेको कम्पनीले जनाएको छ। स्मार्टफोनको प्रचलित बजार मुल्य १७ हजार पाँचसय रहेकोमा हाल आएर यो स्मार्टफोन १६ हजारमा खरीद गर्न सकिन्छ र साथमा १०,००० एमएएच पावर ब्याङ्क पनि सित्तैंमा पाइने जनाइएको छ।

चाडबाडको समय पारेर स्मार्टफोनको अपनत्वको अनुभूति गराउन हामीले प्रदान गर्न सक्ने सबैभन्दा स्मार्ट कारोबारको अफर नै फ्रि पावरब्याङ्क रहेको कलर्स मोबाइल नेपालका मार्केटिङ म्यानेजर राज जँग थापाले बताए।

 

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com