काठमाडौं, पुस १८ । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा उक्लिएको छ ।
म्यान्चेस्टर युनाईटेडलाई २–० ले विजयी गराउन एन्टोनी मार्टियल र जेस्सी लिङ्गार्डले समान एक एक गोल गरेपछि गएराति भएको खेलमा एभर्टन पछि परेको हो ।
शीर्ष स्थानको म्यान्चेस्टर सिटीको भने ५९ अंक रहेको छ । जितसँगै म्यान्चेस्टर युनाईटेडले दोस्रो स्थानको चेल्सीलाई पछि पारेको छ । २२ खेलबाट म्यान्चेस्टर युनाईटेडले ४७ अंक जोड्दा एक खेल कम खेलेको चेल्सीको ४५ अंक छ ।
प्रिमियर लिग फुटबलमा गएराति लिभरपुलले बर्नलेलाई २–१ ले हराउँदा लेष्टर सिटीले हडर्सफिल्ड टाउनलाई ३–० ले पराजित गर्याे ।
त्यसैगरी न्युकासल युनाईटेडले स्टोक सिटीलाई १–० ले हराउँदा ब्राईटन र बर्नमाउथले २–२ को बराबरी खेलेका छन् ।

English
MTV NEPAL MTVNEPAL


