एकताको कुरा नमिल्दै माओवादीले बोलायो पार्टीको बैठक, यस्तो छ कारण

नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय समितिको बैठक बोलाएको छ । एमाले–माओवादी पार्टी एकताको विषयले दुई पार्टीभित्र बहस चर्किरहेका बेला माओवादी केन्द्रले मंगलबारका लागि बैठक डाकेको हो । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको जानकारी दिइन् ।

बैठक मंगलबार अपराह्न १ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेछ  पार्टी एकताको विषयमा माओवादी केन्द्रबाट कुनै ठोस निर्णय र अवधारणा अगाडि नआइरहेका बेला बस्न लागेकाे बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com