उद्यमीको व्यापक दबाबपछि सिमेन्टको मूल्य घटाए

अस्वभाविक रुपमा मूल्यबृद्धि गरेका उद्यमीले चौतर्फी आन्दोलन भएपछि सिमेन्टको मूल्य घटाएका छन् । यसअघि १५ दिनको अबधिमा ५ पटकसम्म मूल्यबृद्धि बढाएर आलोचन खेपेका उद्यमीले फेरी मूल्य घटाउने निर्णय गरेका हुन् ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार शिवम् सिमेन्टले प्रतिबोरा २३ रुपैयाँ मूल्य घटाएको छ । अब उक्त सिमेन्टको प्रतिबोरा मूल्य आठ सय ८७ मा झरेको छ । उक्त सिमेन्टले १५ प्रतिशतसम्म मूल्य बढाएको थियो । त्यस्तै, अम्बे सिमेन्ट उद्योगले प्रतिबोरा २० रुपैयाँ मूल्य घटाएको छ । उक्त सिमेन्टले प्रतिबोरा एक सय १० रुपैयाँ मूल्य बढाएको थियो । अब यो सिमेन्टको प्रतिबोरा मूल्य सात सय ४० रुपैयाँमा झरेको छ । यसैगरी सर्वोत्तम र नारायणी सिमेन्टको मूल्य प्रतिबोरा १०र१० रुपैयाँले घटेको छ । अब नारायणी सिमेन्टको मूल्य आठ सय ८० र सर्वोत्तमको आठ सय ३५ रुपैयाँ पर्नेछ । हेटौंडा सिमेन्टलाई पनि मूल्य घटाउन पत्राचार गरिएको विभागले जनाएको छ ।

जगदम्बा छडले पनि मूल्य घटाउने प्रतिवद्धता जनाएको विभागको भनाइ छ । यसअघि शालिमारले १६ प्रतिशत, हेटौंडाले १३ प्रतिशत, निर्माणले साढे १२ प्रतिशत, अग्निले साढे १० र मारुती सिमेन्टले ६ प्रतिशत मूल्य बढाएका थिए । त्यस्तै, हामा छडले आठ दशमलव सात प्रतिशत, जगदम्बा छडले सात प्रतिशत र शाखः छडले चार दशमलव सात प्रतिशत मूल्य बढाएका थिए । अस्वभाविक मूल्यवृद्धि गरेपछि विभागले बजार अनुगमन गरेर मूल्य घटाउन उद्योगीलाई दवाव दिएको थियो । विभागले गरेको अध्ययन प्रतिवेदनले उद्योगीले १७ प्रतिशतसम्म भाउ बढाएका देखाएको थियो । भारत र चीन लगायतका मुलुकबाट आउने कच्चा पदार्थ महंगिएको कारण देखाउँदै करिब डेढ महिनाअघिदेखि निर्माण व्यवसायीहरूले सिमेन्ट र छडको मूल्यवृद्धि गरेका थिए । उद्योगीले बढाएको मूल्य अस्वभाविक भएको दावी गर्दै विभागले साविककै मूल्य कायम गर्न सुझाव दिएको थियो ।

मूल्य घटाउन सरकारले दबाब दिएपछि सिमेन्ट उत्पादक संघले मूल्य घटाउन सबै उद्योगीलाई पत्राचार गरेको थियो । विभागका महानिर्देशक कुमार दाहालले मूल्य बढाएका सबै सिमेन्ट र छड उद्योगले मूल्यमा केही समायोजन गर्ने प्रतिवद्धता जनाएका बताए । यो मूल्य पनि थप घट्ने विभागको दावी छ । ‘पछिल्लो समय इन्धनको मूल्य, श्रम ज्याला, कच्चा पदार्थ र क्लिङ्कर लगायतको पनि मूल्य बढेको आधारमा केही मूल्य बढ्नु स्वभाविक भए पनि उद्योगीले अत्यधिक मूल्य बढाएका थिए,’ उनले भने, ‘थोरै भए पनि मूल्य घटाएका छन्, यो सकारात्मक हो ।’

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com