सार्वजनिक यातायातको समायोजन

डडेल्धुरामा रहेका दुई यातायात उग्रतारा सार्वजनिक यातायात र डडेल्धुरा सार्वजनिक यातायातबीच एकता भएको छ ।  दुई यातायात आपसमा समायोजन भएपछि उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात व्यवसायी समिति नामाकरण गरिएको छ । सबै व्यवसायी, सेवाग्राहीको हितलाई मध्यनजर गर्दै दुई यातायात एकअर्कामा समायोजना भएको डडेल्धुरा सार्वजानिक यातायात व्यवसायी समितिका अध्यक्ष प्रदिप पन्तले बताए । उनले भने, ‘दुईटै संस्थाको उद्देश्य एउटै भएकाले किन अगलअलग बस्ने भनेर हामी एक भएका हौं ।’

सेवाग्राहीहरूलाई अझ प्रभावकारी ढंगले सेवा प्रदान गर्ने भन्ने उद्देश्यले समिति एकिकरण गरेको उनको भनाइ छ । दुईवटा समिति समायोजन भएसँगै आइतबारदेखि एउटै काउन्टरबाट सेवा प्रदान गर्न सुरु गरेका छन् । पहाडि जिल्ला डडेल्धुरामा दुईवटा संस्था भएर एउटै काम गर्दा व्यावसायमा समस्या उत्पन्न भएकोे थियो । भौगोगिक रुपमा सानो ठाउँमा दुईवटा संस्था भएर हिड्दा धेरै गाह्रो भएको अध्यक्ष सन्तोष खड्का बताउँछन् । उनले भने, ‘हाम्रो जिम्मेवारी भनेको यातायता व्यवसायीहरुको फाइदा संगसंगै यात्रुहरुलाई सुविधा दिने पनि हो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com