काबुल आक्रमणमा पाँच सैनिकको मृत्यु

अफगानस्तानको राजधानी काबुलमा सोबार बिहान आतंकवादी आक्रमण भएको छ । आक्रमणमा परी पाँच सैनिकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।  प्रवक्ताका अनुसार, पाँचजना आतंकवादीले आक्रमण गरेका थिए । जवाफी कारवाहीमा चार आतंकवादी मारिएका छन् र एकलाई पक्राउ गरिएको छ । आफूलाई इस्लामिक स्टेट ९आईएस० भन्न रुचाउने आतंकवादी संस्थाले आक्रमणको जिम्मेवारी लिएको छ । आईएसको समाचार संस्था अमाकले यो दाबी गरेको हो । शनिवार मात्र काबुलमा एम्बुलेन्स बम विस्फोट हुँदा १०० जना मारिएका थिए । विगत केही समययता आईएस र तालिबानले आतंकवादी आक्रमणहरू गरिरहेका छन् । सोमवारको आक्रमणमा पनि काबुलमा धेरै विस्फोटहरू सुनिएका थिए ।

काबुलको पश्चिममा रहेको अफगान नेसनल आर्मीको कलेजमा स्थानीय समयअनुसार, बिहान पाँच बजे यो आक्रमण गरिएको थियो । रक्षा मन्त्रालयका प्रवक्ता जनरल दौलत वजीरीले दुई आक्रमणकारीले आत्मघाती विस्फोट गराएको अनि दुई आतंकवादीलाई सुरक्षाफौजले मारेको भने एकलाई पक्राउ गरिएको बताए । उनीहरूबाट चारवटा एके–४७ बन्दुक, एक आत्मघाती बेल्ट र एक रकेट लन्चर बरामद गरिएको छ ।

बीबीसीबाट

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com