१९ पुस, खोटाङ । पूर्वको पशुपतिनाथ भनेर चिनिने धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन्् ।
मंगलबार राति भएको आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगोले प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राईलगायतको घरमा आंशिक क्षति पुगेको नगर प्रमुख इवन राईले बताए । साँझ साढे ७ बजेदेखि शुरु भएको आगो केही घरलाई भत्काएर राति करिब ११ बजे नियन्त्रणमा लिइए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
इलाका प्रहरी कार्यालय, हलेसीका प्रहरी र स्थानीयवासीको सहयोगमा आगो करिब साढे तीन घण्टापछि नियन्त्रणमा लिईएको हो ।
नगरपालिकामा दमकल नहुनु र पानी अभावका कारण आगलागी नियन्त्रणमा लिन ढिलाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए ।

English
MTV NEPAL MTVNEPAL


