स्थानीय निर्वाचनमा एमालेबाट वडाअध्यमा निर्वाचित बनेकी नवलपरासीको कावासोती बन्ने लक्ष्मी सुनारले प्रदेशसभाको समानुपातिकबाट सांसद बन्ने सुनौलो अवसर पाएकी छन् । नेकपा एमालेले निर्वाचन आयोगमा पठाएको बन्दसूचीमा उनको नाम सिफारिस गरेको छ र आयोगले उनलाई केही दिनपछि औपचारिक घोषणा हुनेछ । एमाले नवलपुर जिल्ला संगठन कमिटी सदस्य सुनार यसअघि स्थानीय तह निर्वाचनमा मध्यविन्दु–७ मा वडासदस्य निर्वाचित भएकी थिइन्।
उनी प्रतिद्वन्द्वी सुमित्रा रामडाङलाई २३ मत अन्तरले पछि पार्दै निर्वाचित भएकी हुन्। लगत्तै वडा सदस्यबाट राजीनामा दिई उनी प्रदेशसभाको समानुपातिक उम्मेदवार बनिन्। आफ्नो नाम समानुपातिक सदस्यका लागि सिफारिस भएपछि उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताइन्। ‘पार्टीले प्रदेशसभा सदस्यका लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ’, उनले भनिन्, ‘पार्टीले जिम्मेवारी दिएको छ, खुसी छु। तर चुनौती पनि धेरै छ।’
नेपाल जातीय उत्पीडित मुक्ति समाज नवलपरासीको सदस्य, मध्यबिन्दु नगर स्तरीय दलित समुदाय समितिको कोषाध्यक्ष, अखिल नेपाल महिला संघ जिल्ला सदस्य हुदै २०६५ साल देखि जिल्ला कमिटी सदस्य रहेकी उनले पछाडि परेको समुदायका लागि डटेर लड्ने बताइन्। ‘म पनि पछाडि पारिएको समुदायकै भएकाले मेरो विशेष प्राथमिकता त्यसैमा हुने भइहाल्यो,’ उनले भनिन ‘मेरो कार्यकालभरि उत्पीडनमा परेकाहरूको पक्षमा लड्नेछु।’

English
MTV NEPAL MTVNEPAL


