PYEONGCHANG-GUN, SOUTH KOREA - FEBRUARY 15: Mikaela Shiffrin of the United States competes during the Ladies' Giant Slalom on day six of the PyeongChang 2018 Winter Olympic Games at Yongpyong Alpine Centre on February 15, 2018 in Pyeongchang-gun, South Korea. (Photo by Sean M. Haffey/Getty Images)

अमेरिकी महिला आइस हकी टोली विन्टर ओलम्पिकमको फाइनलमा

दक्षिण कोरियाको प्योङच्याङमा जारी २३ औं विन्टर ओलम्पिकमा अमेरिकी महिला आइस हकी टोली फाइनलमा पुगेको छ । अमेरिकाले उपाधिका लागि आउँदो बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । विन्टर ओलम्पिकमा अमेरिका २० वर्षपछि पहिलो उपाधि जित्ने लक्ष्यमा छ ।

सेमिफाइनलमा अमेरिकाले फिनल्याण्डलाई ५–० ले पराजित गर्दा क्यानडाले पनि ओलम्पिकको झण्डामा खेलिरहेको रुसको टोलीलाई समान नतिजाले हराएको थियो ।

महिला आइस हकीको सुपर पावर क्यानडालाई हराउनु अमेरिकी टोलीका लागि सहज भने हुने छैन । क्यानडा लगातार पाँचौं पटक ओलम्पिक च्याम्पियन बन्ने लक्ष्यमा छ । यसअघिका तीन फाइनलमा त उसले अमेरिकालाई नै हराएको छ । चार वर्षअघिको सोची ओलम्पिकमा पनि अमेरिका पराजित भएको थियो ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com