पाइप र प्राविधिक उपकरण भित्रिएपछि अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढ्दै

पाइप र प्राविधिक उपकरण भित्रिन थालेपछि अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढेको छ ।

भारतीय सीमावर्ती शहर रक्सोलदेखि बाराको अमलेखगन्जसम्म ३६.२०६ किलोमिटर लामो पाइपलाइन हुनेछ । वीरगन्जको शंकराचार्य गेटबाट वीरगन्जकै गण्डक नहरसम्म बाईपास सडकको दायाँ भागबाट र त्यसपछि त्रिभुवन राजपथको गण्डक–अमलेखगन्ज खण्डमा सडकको बायाँ भागबाट पाइपलाइन निर्माण गर्न लागिएको हो ।

साढे तीन सय करोड भारतीय रुपैयाँमा निर्माण हुन लागेको पाइपलाइनमा भारतीय पक्षले २ सय करोड भारतीय रुपैयाँ र नेपाली पक्षले ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने सहमति भएको छ ।
सडकको २५ मिटरभित्र पर्ने गरी पाइपलाइन निर्माण गर्न लागिएकाले मुआब्जा लगायतका अन्य अवरोध नहुने निगमले जनाएको छ ।
भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको मोतिहारी बजार क्षेत्रको ११ कि.मी. उत्तरतर्फ सेमरा भन्ने स्थानमा प्वाइन्ट निर्माण गरी नेपालको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com