युरोकपमा आफ्नो जादु देखाउँदै अन्तिम ८ सम्म पुगेको आइसल्याण्डले आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाएर अर्को इतिहास बनाएको छ । पहिलो पटक विश्वकप खेल्न थालेको आइसल्याण्ड शुक्रबार मस्कोमा भएको ड्र अनुसार दुईपटकको विश्व विजेता अर्जेन्टिना रहेको टिममा परेको छ । समूह ‘डी’ मा आइसल्याण्डसँगै विश्व फुटबलमा यो समयका उत्कृष्ट खेलाडी लियोनल मेस्सीको टिम अर्जेन्टिना, क्रोएसिया र नाइजेरिया छन् ।
विश्वकपमा डेब्यु गरेको आइसल्याण्डले पुरोनो र बलियो टिम अर्जेन्टिनासँग आउँदो जुन १६ मा मस्कोमा खेल्ने छ । आइसल्याण्डका प्रशिक्षक हेइमिर हालग्रिमसनले दुईपटकको विजेता अर्जेन्टिनासँगको खेलका लागि आफूहरु प्रतिक्षारत रहेको बताएका छन् । विश्वकपमा छनौट हुने कम जनसंख्या भएको देश आइसल्याण्डले समूह चरणको दोस्रो खेलमा अफ्रिकी देश नाइजेरियासँग २२ जुन तथा समूहको अन्तिम खेलमा युरोपको क्रोएसियासँग खेल्नेछ ।

English
MTV NEPAL MTVNEPAL


