थ्री स्टारले बंगलादेशको उत्तर बरिधाराको सामना गर्दै

आहा-रारा गोल्ड कपको पहिलो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लब बंगलादेशको उत्तर बरिधारासँग भिड्दै छ । थ्री स्टारले क्वाटरफाइनमा नेपाल एपिएफलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो भने उत्तर बरिधाराले सुदुरपश्चिम ११ लाई पराजित गरेको थियो । खप्तड गोल्ड कपको च्याम्पियन थ्री स्टारले आहाको पहिलो खेलमा भने एपिएफ विरुद्ध नियमित र अतिरिक्त समयमा गोल गर्न नसकेपछि पेनाल्टीमा निर्भर रहेको थियो ।

वोर्क पर्मिट नविकरण समयमा नभएकाले विदेशी खेलाडी खेलाउन नपाएको थ्री स्टारका प्रशिक्षक मेघराज केसी यस खेलमा भने समयमै कागज पत्र जुटाउनेमा आशावादी छन् । मंगलबार सार्वजनिक विदा भएकोले बुधबार खेल अघि खेलाडीहरुको नविकरण पुरा गर्न क्लबको व्यवस्थापन लागि परेको जानकारी उनले दिए । उता बंगलादेशी क्लबले भने यस खेलमा आफ्ना दुई विदेशी खेलाडी खेलाउन पाउने छैन । सुदुरपश्चिमसँग २-१ को जितमा रातो कार्ड पाएका सिला सोनलेमाने र कान्डे लान्सेन यस खेलमा उपलब्ध हुने छैनन् ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com