एक नयाँ अध्ययनले अबको ३० वर्षमा सूर्य असाधारण तरिकाले चिसिने अनुमान गरेको छ। युनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिएगोका अनुसन्धानकर्ताहरुले २० वर्ष लामो अवलोकन र तथ्यांकका आधारमा सन् २०५० सम्ममा सूर्य ७ प्रतिशतले चिसो र मधुरो हुने निष्कर्ष निकालेका हुन्। अनुसन्धान टोलीका नेतृत्व गरिरहेका भौतिकशास्त्री डान लुबिनका अनुसार सूर्यको ११ वर्षे चक्रको ढाँचा उनीहरुले पत्ता लगाएका छन्। यो एघार वर्षको चक्रमा सूर्य सक्रिय र निष्क्रिय चरणबाट गुज्रिन्छ, जसलाई ‘सोलार म्याक्सिमम’ र ‘सोलार मिनिमम’ भन्ने गरिन्छ। अनुसन्धानकर्ताहरुले अबको ‘सोलार मिनिमम’ कहिले आउनसक्छ भन्ने पत्ता लगाएका छन्। तर यसको प्रभाव पृथ्वीभरी उत्तिकै पर्नेछैन।
उनीहरुका अनुसार अब आउने यो चिसो अवधिको प्रभाव सत्रौँ शताब्दीमा युरोपमा भएजस्तै हुनेछ। त्यसबेला टेम्स नदी जमेको थियो। यसलाई ‘माउन्डर मिनिमम’ भनेर चिनिन्छ। सानो हिमयुग भनेर चिनिने यस्तो अवधिमा सूर्यको चुम्बकत्व घट्छ, ‘सनस्पट’ भनिने सूर्यको सतहमा देखिन काला धब्बहरुको संख्या घट्छ अनि कम अल्ट्राभायोलेट विकिरण ग्रहहरुसम्म आइपुग्छ। यसको अर्थ सो अवधिमा सूर्यको सतह बढी स्पष्ट र मधुरो देखिन्छ। तापक्रम कम भए पनि यसले जलवायु परिवर्तनलाई नरोक्ने वैज्ञानिकहरुले चेताएका छन्, यद्यपि यो प्रक्रियालाई यसले धीमा बनाउनेछ। वैज्ञानिकहरुको अनुमानअनुसार सन् २०२० देखि २०७० सम्ममा पृथ्वीको तापक्रममा मात्र ०.२५ प्रतिशतले कमी आउनेछ। यो अध्ययन एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित छ। एजेन्सी

English
MTV NEPAL MTVNEPAL


