चौथो पर्वतीय महोत्सव मंसिर २५–२६ गते हुने

पोखरा, १७ मंसिर ।  पोखरा लेखनाथ महानगरपालिका अन्तर्गतको पर्वतीय संग्रालयमा हुने चौथो पर्यटकीय महोत्सव यही मंसिर २५ र २६ गते हुने भएको छ । साहसिक खेल चट्टानारोहण लगायत छेलो, धनुषबाण, साइकल र सडक दौड प्रतियोगिता तथा गाईजात्रा, याकनाच प्रदर्शनसहित विभिन्न खानाका परिकारका कक्ष रहने महोत्सव संयोजक कुशल गुरुङले जानकारी दिए । जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरण र पैदलयात्राको वर्तमान अवस्थाबारे सन्देशमूलक कक्ष पनि रहने सङ्ग्रहालयका प्रमुख बलप्रसाद राईले जानकारी दिएका छन् ।
विश्व पर्वतीय दिवसका अवसरमा हिमाली एवम् उच्च पहाडी क्षेत्रको जैविक विविधता, ज्ञान, सीप, वेशभूषा, संस्कृति, खेलकुदलगायत विविध पक्षको जानकारी गराउने उद्देश्यले महोत्सव हुन लागेको हो । एक दशकदेखि बनाएर सञ्चालनमा आएको सङ्ग्रहालयमा विश्वका हिमालमा आजसम्म भएका गतिविधि र हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिको प्राचीन जीवनशैली झल्कने सामग्री प्रदर्शन गरिएको छ ।

THIS IS ADD AREA
x

Check Also

६० लाख हाराहारी पासपोर्ट छाप्दै सरकार ,,छिट्टै टेण्डर प्रक्रियामा जाने

परराष्ट्रमन्त्री एनपी साउदले करिब ६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा मन्त्री साउदले मन्त्रिपरिषदले ५ वर्षका ...

Social Media Auto Publish Powered By : XYZScripts.com