परराष्ट्रमन्त्री एनपी साउदले करिब ६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा मन्त्री साउदले मन्त्रिपरिषदले ५ वर्षका लागि पुग्ने गरी ६० लाख हाराहारी पासपोर्ट छपाइ गर्ने निर्णय गरेको जानकारी गराए । उनले यसका लागि ‘छिट्टै टेण्डर प्रक्रियामा जाने जानकारी दिएका छन् । उनले राजदूत नियुक्ति प्रक्रिया पनि छिट्टै अघि बढ्ने संसदीय समितिमा जानकारी दिएका छन् ।

English
MTV NEPAL MTVNEPAL


