साथीको विहेमा गोवा पुगेका कपिल शर्मा एक्कासी कहाँ भए बेपत्ता ?

१९ मंसिर । भारतीय कमेडियन कपिल शर्मा बेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यहरुमा अहिले उनि बेपत्ता भएको खवरले सनसनी मच्चाइरहेको छ । कमेडियन साथी भारती सिंहको बिहेमा सहभागी हुन गोवा पुगेका कपिल बिहे कार्यक्रममा भने देखिएका थिएनन् । पछिल्लो समय यो घटनामा आश्चर्यजनक खुलासा भएको छ । भारतीको बिहेको ‘इभेन्ट म्यानेजमेन्ट’ कम्पनी सूत्रका अनुसार कपिल आइतबार बिहानै गोवा पुगेका थिए । तर, उनले बिहेमा अर्का कमेडियन सुनिल ग्रोवर पनि भएको थाहा भएपछि बिहेमै नगइ बेपत्ता भए । सुनिल शनिबार नै गोवा पुगेका थिए र भारती–हर्षको ककटेल पार्टीमा सहभागी थिए । त अर्को दिन बिहे र रिसेप्सनको कार्यक्रममा उनी पनि बेपत्ता रहे । सुनिल पनि शनिबार र आइतबारको समय लिएर गोवा पुगेका थिए । तर उनले पनि आइतबार कपिल त्यहाँ आउने थाहा पाएपछि बेपत्ता भएको बताइएको छ । झगडा भएको लामो समयपछि पनि कपिल र सुनिलले एक अर्काको अगाडि पर्न नचाहनुले कपिलले केही समयअगाडि सुनिलसँग अर्को शो ल्याउने कुरा गफमात्रै भएको पुष्टि भएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com