१७ मंसिर । प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको खेलमा आर्सनल म्यान्चेस्टर युनाइटेडसँग ३ – १ गोलअन्तरले पराजित भएको छ । लिग अन्तर्गत आर्सनलको घरेलु मैदानमा एन्टोनियो भ्यालेन्सिया र जेस लिनगार्डले शुरुवातमा गोल गर्दै युनाइटेडलाई १० मिनेटभित्र २–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा २ गोलले पछि परेको घरेलु टोली आर्सनलले दोस्रो हाफमा १ गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाएको गरेको थियो । ४९औं मिनेटमा एलेकजान्डर लाजकाटेले गोल गर्दै आर्सनलकाको आश देखाए पनि युनाइटेडका लिनगार्डले ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेड जितको मुखमा पुगेको थियो । ७४औं मिनेटमा पउल पोग्वाले रातो कार्ड खाएपछि युनाइटेड दश खेलाडीमा सिमित भएको थियो । तर त्यसको फाइदा आर्सनलले उठाउन सकेन र युनाइटेड ३ – १ ले नै विजयी भयो ।
जितपछि १५ खेलबाट ३५ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा कायम रहेको छ भने १५ खेल नै खेलेको आर्सनको २८ अंक रहेको छ । पहिलो स्थामा रहेको म्यान सिटीको १४ खेलबाट ४० अंक रहेको छ ।

English
MTV NEPAL MTVNEPAL


