ISC को अबैध कारोबारको कारणले हजारौ नेपाली ठिगिदैं, सरकारी पक्ष मौन

बैदेशिक रोजगारिमा जान खोज्ने सर्बसाधारण नेपालीहरु ठगिने क्रम रोकिनको सट्टा झन बढ्दै गएको छ । केपी ओलिको सरकारले जनतालाई सुशासनको गफ दिएपनी त्यसको प्रत्याभुती जनताले गर्न पाउनको साटो झन बढ्दै गएको छ । जसको पछील्लो उदाहरण रुकुमका ताराप्रसाद खत्री हुन ।

 

बैदेशिक रोजगारिको लागि मलेसिया जानको लागि फिंगर प्रिन्ट गराउनु पर्ने हुन्छ। त्यसैको लागि उनी महाराजगंञ्ज स्थित इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (ISC) मा गएर फिङ्गर प्रिन्ट गरए र त्यसमा सफल पनि भए । बैदेशिक रोजगारिमा जानको लागि उनी उत्साहित भएर आफ्नो पासपोर्ट म्यानपावर ब्यबसायिलाई बुझाए तर उनी त्यतिबेला झस्किए जती बेला मलेसियन सरकारले उनिलाई भिसा दिएन । कारण खोज्दै जाँदा उनी  मलेसियन अध्यागमनको कालोसुचीमा रहेछन्। केही वर्ष अघि उनी मलेसियाबाट नै फर्किएका थिए। यस बाट प्रस्ट भयो कि इमिग्रेसन सेक्युरिटी क्लियरेन्स मलेसियन अध्यागमनसँग सहकार्य नगरी काम गर्दै अाइरहेको रहेछ । यदी उसले मलेसियन अध्यागमन सँग सहकार्य गरेर काम गर्ने गरेको थियो भने ताराप्रशाद जस्ता हजारौं आज ठगिने थिएनन ।

नेपाल सरकारले बैदेशिक रोजगारिमा जान चाहने नेपालीहरुलाई म्यानपावर व्यबसयिहरुले चर्को मुल्य असुले भनी फ्री भिषा फ्री टिकेट लागु गरे पनि यस्ता सम्बन्धीत कुराहरुमा ध्यान पुर्याउन नसक्दा दैनिक हजारौ नेपालीहरु ठगिन वाध्य छन । इमिग्रेसन सेक्युरिटी क्लियरेन्सले मलेसिया जान चाहने हरेक नेपाली सँग फिङ्गर प्रिन्टका लागि ३२ सय रुपैयाँ लिने गरेको छ । आइएससीले दैनिक रूपमा ७०० को हाराहरी कामदारहरुबाट २०-२५ लाख असुली रहेको छ। तर उसले मलेसियन अध्यागमन सँग सहकार्य नगरि एकोहोरो पैसा असुल्ने तर्फ मात्र लागेको कारणले दैनिक सयौंको संख्यामा नेपाली नागरिकहरु ठगीइरहेका छन ।

 

आइएससीले पास गरेको ब्यक्ति दुतावासले भिसा रिजेक्ट गर्नु ठगी धन्दा पुष्टि भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आरोप लगाएको छ। मलेसिया जाने कामदारहरुलाई आर्थिक भार पार्ने भीएलएन, ओएससी, जीएसजी ,बायोमेट्रिक, माइग्राम्स नामक संस्थाहरुको ठगी गरिरहेको संघका अध्यक्ष रोहन गुरुङले बताए।  उर्जा मन्त्रालयमा राम्रो काम गरेर ख्याती कमाएका मन्त्री गोकर्ण बिष्ट हाल श्रम मन्त्री हुँदापनी यसखाले ठगिको घटना बाहिर आउँदा पनि कारबाही नहुनुले त्यस्ता ठगीखाने संस्थाहरुको मनोबल बढ्ने देखिएको छ ।

 

नेपालमा यस्ता खाले घटना दिनानु दिन बढ्दा पनि नेपाल सरकार र सम्बन्धित पक्ष मौन रहनुले थप आशंका पैदा गराएको छ । फ्री भिसा फ्री टिकटको नाममा लाखौंको संख्यामा नेपालीले पाएको बैदेशिक रोजगारिको कोटा गुमाउनु पर्ने बाध्यता एकातिर छ भने अर्को तिर केही सिमित संस्था तथा व्यक्तिहरु यो या त्यो नाममा झन नेपालीहरुलाई ठगी गरिरहँदा पनि राज्य संयन्त्र मौन रहनुले कतै इमिग्रेसन सेक्युरिटी क्लियरेन्स, भीएलएन, ओएससी, जीएसजी ,बायोमेट्रिक, माइग्राम्स जस्ताको ठगिमा उनिहरुको पनि संलग्नता छैन भन्ने प्रश्न उठन थालेको छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com