घुस्याहा कर्मचारी सबैभन्दा बढी काठमाण्डौँमा नापी कार्यालयमा सबैभन्दा बढी घुस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैभन्दा बढी खाने कर्मचारी उपत्यकामै भएको प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगको तथ्यांक अनुसार सबैभन्दा बढी कर्मचारीलाई घुससहित काठमाण्डौबाट पक्राउ गरिएको छ । काठमाण्डौ पछि बाँके जिल्लामा घुस्याहा कर्मचारी रहेको बताइएको छ ।  उपत्यकाबाट घुससहित रंगेहात धेरै कर्मचारी पक्राउ गरिएको थियो । आयोगको तथ्यांकअनुसार काठमाडौंबाट १९, ललितपुरबाट ३ र भक्तपुरबाट २ जना गरी उपत्यकाबाट जम्मा २४ जनालाई रंगेहात पक्राउ गरिसकिएको छ । ‘काठमाडौं उपत्यका बढि घुस लेनदेन हुने जिल्लाका रूपमा देखियो’, अख्तियार सहायक प्रवक्ता खगेन्द्र रिजालले भने,‘बाँके दोस्रो स्थानमा देखियो ।’ बाँकेबाट पाँचजना कर्मचारी घुससहित रंगेहात पक्राउ भैसकेका छन् । घुस लेनदेनको समस्या भने देशभरि नै रहेको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार सबैभन्दा धेरै कर्मचारीहरूलाई नापी कार्यालयबाट घुससहित रंगेहात पक्राउ गरिएको छ । यो हिसाबले नापी कर्मचारीको घुस अड्डा बनिरहेको छ । आर्थिक वर्षको अहिलेसम्म धेरै नायब सुब्बा तहका कर्मचारी रङ्गेहात पक्राउ परेका छन् । अख्तियारका अनुसार नापी कार्यालयबाट सबैभन्दा धेरै १४ जना कर्मचारीहरूलाई रंगेहात पक्राउ गरी कारबाही गरिएको छ । दोस्रोमा मालपोत कार्यालय छ, जहाँबाट ७ जना कारबाहीमा परिसकेका छन् । यसैगरी स्थानीय तह र यातायात कार्यालयमा समान पाँच÷पाँच जना कारबाहीमा परेको अख्तियारले जनाएको छ । अख्तियारले सबैभन्दा धेरै घुस्साहालाई जेठ महिनामा पक्राउ गरेको विवरण राखेको छ । यसबाट पुरानो आर्थिक वर्ष अन्त्य हुने र नयाँ आर्थिक वर्ष सुरू हुने बेला घुसको लेनदेन बढी हुने गरेको देखिएको हो । जेठ महिनामा १० जना, चैतमा ९ र बैशाखमा ५ जनालाई पक्राउ गरेको अख्तियारले जनाएको छ । साउनमा ७ जना पक्राउ गरेको अख्तियारले गएको भदौ र पुसमा ३र३ जनालाई पक्राउ गरेको छ । यसैगरी गएको असोज र फागुनमा ४÷४ जना तथा मंसिर र पुसमा ६÷६ जना पक्राउ परेको अख्तियारको तथ्यांकमा उल्लेख गरिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com