सल्यानमा वस दुर्घटना हुँदा तीन जनाको मृत्यु थप विवरण आउन बाँकी

 

रुकुमबाट दाङ जादै गरेको यात्रु बस सल्यानको त्रिवेणी गाउँपालिका-६, भाटखोलामा दुर्घटनाग्रस्त भएको छ । यो दुर्घटनामा कम्तिमा तीन यात्रुको ज्यान गएको छ । रुकुमबाट दाङ जाने क्रममा ना ५ ख ५३१ नम्बरको बस सडकबाट डेढ सय मिटर तल खस्दा कम्तिमा तीन यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको विस्तृत विवरण आइनसकेको सल्यान प्रहरीले जनाएको छ । प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेहरुलाई अस्पताल पठाइरहेको छ। शव संकलन भइरहेकाले मृतकहरुको संख्या बढ्न सक्ने बताइएको छ।

 

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com