झापामा मिर्गौला रोगीको संख्या बढ्दै

माघ ८ – झापामा मिर्गौला रोगीको संख्या वर्षेनी बढ्दै गइरहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार गएको वर्षमा झापामा मिर्गौला रोगीको संख्या १ सय ११ रहेको थियो भने यो वर्षको पुस मसान्तसम्ममा मिर्गौला फेल भएका १ सय १७ जना बिरामीले उपचार गराइरहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार झापामा क्यान्सर र मुटुरोगीको संख्या पनि बढ्दै गएको छ । कार्यालयको तथ्यांक अनुसार गएको आर्थिक बर्षमा तीन सय १३ जना क्यान्सर र एक सय ८५ जना मुटु रोगका विरामीले उपचारका लागि सरकारसँग पैसा माग गर्न सिफारिस लिएका थिए । तर यो वर्ष पुस मसान्तसम्ममा नै दुई सय २५ क्यान्सर रोगी र एक सय ५३ मुटु रोगी पुगिसकेका छन् ।

विषादी मिसिएको खानपानका कारण यस्ता गम्भीर प्रकारका नसर्ने रोगहरु लाग्ने गरेको चिकित्सकहरुले जानकारी दिँदै आइरहेका छन् ।

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो ...

Social Media Auto Publish Powered By : XYZScripts.com