तीन लाख घुससहित असई पक्राउ

काठमाडौं, माघ ८ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई रु तीन लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग टोलीले उनलाई सोमबार बालाजुबाट पक्राउ गरेको थियो ।

बुटवलमा कार्यरत रहँदा निज खड्काले रु एक एक करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको र उक्त कागज आफैंसँग राखी रु तीन लाख मागेको खुल्न आएको उनले बताए ।

कागज फिर्ता गरिदिन सेवाग्राहीले पटक–पटक माग गर्दा पनि प्रहरी सहायक निरीक्षक खड्काले रकम दिनुपर्ने बताएपछि पीडितले आयोगमा उजुरी दिएका थिए ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com