१३ वर्षभन्दा कम उमेरका बालबालिकालाई फेसबुकले ल्यायो यस्तोे खुसीको खबर

१९ मंसिर । १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई लक्षित गरी फेसबुकले च्याट एप्लिकेशन भित्राएको छ । यसबाट १३ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकाले च्याट गर्न, रमाइला भिडियो हेर्न, फोटो तथा स्टिकरहरु पठाउन सक्छन् । फेसबुकले १३ वर्ष भन्दा कम उमेरका बालबालिकालाई फेसबुक चलाउन प्रतिबन्ध लगाउदैै आएको छ । फेसबुकले म्यासेन्चर किड नामको एप्लिकेशन ल्याएको हो, तर यसका लागि अभिभावकले स्वीकृति दिनुपर्ने हुन्छ । यसबाट बालबालिकाले साथीहरुलाई म्यासेज पठाउँदा पनि अभिभावकले स्वीकृत गरिदिनुपर्छ ।
यो एप्लिकेशनमा बालबालिकाले आफैले साथीहरुलाई च्याटमा जोड्न अथवा म्यासेज डिलेट गर्न मिल्दैन । अभिभावकले मात्र साथीसँग जोडिदिन र म्यासेज डिलेट गरिदिन सक्छन् । बच्चाहरुले छुट्टै एकाउन्ट पनि बनाउन सक्दैनन, त्यो अभिभावकको फेसबुक एकाउन्टमा जोडेर  चलाउनुपर्छ । अभिभावकले च्याट एप्लिकेशनमा फेसबुक एकाउन्टको सूचना जोडिदिएपछि च्याट एप्लिकेशन खुल्ने छ र बच्चाको प्रोफाइल जोड्नुपर्छ । यसपद्धि अभिभावकको निगरानीमा बालबालिका च्याट गर्न, भिडियो हेर्न र साथीसँग जोडिन सक्छ । यो एप्लिकेशन आइओएसमा उपलब्ध रहेको छ ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com