उकालो लाग्यो व्यापार घाटा, आगामी वर्षमा ९ खर्ब ५६ अर्ब रूपैयाँ पुग्ने अनुमान

नेपालमा वर्षेनी निर्यातको तुलनामा आयात बढ्दै गइरहेको छ । जसको परिणामस्वरुप चालू आर्थिक वर्ष २०७४र२०७५ मा देशको कूल व्यापारघाटा ९ खर्ब ५६ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ । यो व्यापारघाट गतसालको भन्दा ४४ अर्व रुपैैयाँले बढी हो । मन्त्रालयका अनुसार गत आवमा ९२०७३र७४० मा वैदेशिक व्यापारअन्तर्गत कूल वस्तु निर्यात ७३ अर्ब १२ करोड रूपैयाँ थियो । यो अघिल्लो आवको तुलनामा २।८ प्रतिशत बढी हो । यसैगरी, सोही अवधिमा कूल वस्तु आयात ९ खर्ब ८५ अर्ब ९५ करोड रुपैयाँ पुगेको थियो । यो अघिल्लो आवको तुलनामा २६।२ प्रतिशत बढी हो । निर्यात९आयात अनुपातमा निर्यातको हिस्सा ४ प्रतिशतभन्दा कम छ । कूल निर्यातमा भारत, युएइ, टर्की, जर्मनी र बेलायतको हिस्सा करिब ८२५ रहेको मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको भनाइ छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बुधबार भएको सचिवस्तरीय बैठकमा उनले कूल आयातमा भारत, चीन, युएइ, फ्रान्स र इन्डोनेशियाको हिस्सा करिब ८४ प्रतिशत रहेको जानकारी दिएका हुन् । चौधौं आवधिक योजनामा कूल गार्हस्थ उत्पादनमा व्यापारघाटाको अनुपात ३० प्रतिशतमा झार्ने ९गत आवमा रु। ७८० अर्ब व्यापारघाटा हुनुपर्ने लक्षय रहेकोमा ९ खर्ब १२ अर्ब रूपैयाँ पुगेको थियो । नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरू चिया, जडिबुटी, कफी, अलैंची, अदुवा, ऊनी गलैंचा, जुत्ता, च्याङग्रा पश्मिना, धागो, तयारी पोशाक, हस्तकलाका सामानह र तयारी चाउचाउको आयात र निर्यातको अवस्थाबारे घिमिरेले प्रकाश पारेका थिए । नेपालबाट फर्निचर, अल्कोहलिक पेय पदार्थ, सुर्तीजन्य वस्तु, मोबाइल, पहेंलो धातुलगायतको आयात निरूत्साहित गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com