पोखरा, मंसिर १७ – आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आउँदो माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने भएकोछ ।
सहारा क्लबद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक/एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइयो । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरकोरुपमा स्थापित गरौं” भन्ने मुख्य उद्देश्यका साथ यो प्रतियोगिता हुने भएको हो ।
पोखरा लेखनाथ उपमहानगरपालिका–१७ मा क्लबद्वारा सञ्चालित एकेडेमीको सहयोगार्थ सञ्चालित यो फुटबल प्रतियोगितामा कूल एक करोड २१ लाख ८२ हजार आम्दानी एवं ९० लाख पाँच हजार ५०० सय खर्च गरी तीस लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने क्लबका महासचिव विश्वराज बरालले जानकारी दिए ।

English
MTV NEPAL MTVNEPAL


