OLYMPUS DIGITAL CAMERA

आगलागीमा परी एक महिलाको मृत्यु

२८ मंसिर । इलाम नगरपालिका–४ बिब्ल्याँटेस्थित एक घरमा गएराति आगलागीमा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिब्ल्याँटेका भवीन्द्र नेपालको घरमा राति २ बजे आगलागी हुँदा उनकी श्रीमती ३० वर्षीया पवित्रा नेपाल जलेर घाइते भएकी थिइन् । इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रातको समयमा घरमा बालिएको टुकीबत्ती लडेर आगलागी भएको र आगो सल्केपछि भाग्नेक्रममा महिला घाइते भएको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।  मृतक महिलाको शव घरमा ल्याएर राखिएको छ ।  आगलागीबाट नेपालको घर र त्यसभित्र रहेका भाडावर्तन, लत्ताकपडा, खाद्यान्नलगायतका सरसमान नष्ट हुँदा रु तीन लाखभन्दा बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरिएको छ । घरमा लागेको आगो स्थानीय र प्रहरीको प्रयासमा एक घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com