२८ मंसिर । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मतपरिणाम बाहिरिएसँगै अब प्रदेशमा मुख्यमन्त्री को हुने भन्ने विषयले चर्चा पाउन थालेको छ । वामगठबन्धनले एक्लै दुइतिहाई सिट जितेको प्रदेश नं ३ मा प्रत्यक्षतर्फ वामगठबन्धनको एक्लै ६६ मध्ये ५७ सिट छ । मुख्यमन्त्री पनि वामगठबन्धनको हुने कुरामा त शंका रहेन तर वामगठबन्धनका मुख्य घटक माओवादी र एमालेबीचमा भने सहमति जुट्न सकेको छैन जसमा एमालेले ४२ र माओवादी केन्द्रको १५ सिट छ । प्रदेशसभामा कांगे्रसले ७, नेमकिपाले १ र नयाँ शक्ति पार्टीले एक सिट जितेको छ ।
यो प्रदेशसभा समानुपातिकसहित ११० सदस्यीय हुनेछ । समानुपातिकतर्फ मतगणना जारी छ ।, त्यस्तै प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसंगै को मुख्यमन्त्री बन्ला भन्ने कौतुहल बढको छ । यो प्रदेशमा एमालेका शीर्ष नेता भीम रावल हुन् । उनी पार्टी उपाध्यक्षसंगै प्रदेश ७ को संयोजक हुन् । यसैगरी वाम गठबन्धनको अर्को घटक माओवादी केन्द्रका लेखराज भट्ट यो प्रदेशका शीर्ष नेता मानिन्छन् ।

English
MTV NEPAL MTVNEPAL


