कुरा यहि (असोज १६)मंगलबारमात्रैको हो … नेपालको यातायात क्षेत्रमा भईरहेको वेथितिका बारेमा बोलिदिन हाम्रा दर्शकले नै हामीलाई पटकपटक आग्रह गरेपछि हामीले यसविषयमा बोल्ने निर्णय ग¥यौ । नेपालमा बिना रोकटोक निर्वाध चल्ने भारतिय गाडीको विषय संगै नेपालको आन्तरिक यातायातमा भईरहेका वेथितिबारे जनगुनासो धेरै नै आएपछि हाम्रो मिथिला नेपाल टेलिभिजनको टिम यातायात व्यवस्था विभाग नयाँ बानेश्वरमा पुग्यौं ।
त्यहाँ गईसकेपछि हामीले जे भोग्यौं यसले हामीलाई अचम्ममा पा¥यो । यातायात क्षेत्रमा भईरहेका वेथिति विरुद्ध आएका जनगुनासो लियर कार्यालयमा गएका हामीलाई विभागका महानिर्देशक उद्धप प्रसाद रिजालले दशै आएर त आउनुभएको होला भन्दै प्रतिक्रिया दिनुभयो । हामी अचम्ममा प¥यौं उहाँको प्रतिक्रियाले ….। हामी त्यहाँ जानुको उद्देश्य र कार्यालयको वेबसाईटमा भएको टेलिफोन नम्बरमा ४÷५ दिनदेखि निरन्तर सम्पर्क गर्ने कोशिस गर्दा पनि सम्पर्क नभएपछि कार्यालयमै पुग्न बाध्य भएको परिस्थितिबारे जानकारी गराउँदा पनि कार्यालयका प्रमुख रिजाल ,प्राविधिक ई.रामचन्द्र पौडेल र कार्यालयका निर्देशक तथा सुचना अधिकारी ईश्वरी दत्त पनेरुलाई आफ्नो कार्यकक्षमा बोलाई अनावश्यक छलफल गरि सुचना दिन मान्नु भएन । त्यति मात्रै होईन महानिर्देशक रिजालले म यो विषयमा बोल्दै बोल्दिन भन्नुभयो “म आको पनि २ हप्ता मात्रै भयो मैंले धेरै अध्ययन गरेर बाल्नु पर्छ म अलि यो विषयमा बोल्दै बोल्दिन । ”
जनताकै करबाट पालिएका सरकारी कर्मचारीले जनगुनासोलाई नै सम्बोधन गर्दिन भन्नु कत्तिको जायज होला ? एउटा जिम्मेवार सरकारी निकायको प्रमुखको गैरजिम्मेवार जवाफ कत्तिको उपयुक्त होला ?
कि महानिर्देशक ज्यु कार्यालयमा नियुक्त हुनु अघि तपाईलाई त्यहाँको कामकारबाहीका बारेमा सरकारले जानकारी गराएन ? कि त सुचनाका लागि त्यहाँ पुग्ने हरेक पत्रकारहरुलाई पैसाको बुझो लाउँदै फर्काउने गर्नुहुन्छ ?
महानिर्देशक रिजालभन्दा यसविषयमा सबैभन्दा आपत्ति प्राविधिक ई.पौडेललाई थियो ? आखिर किन ? उहाँले अफलाईन सबैभन्छु तर क्यामरामा म बोल्दै बोल्दिन भन्ने अडान लिनुभयो ? किन ?
कुरा यहाँ महानिर्देशक र सुचना अधिकारीसंग जोडिएको थियो । पदिय हिसाबले पनि जनताबाट आएको गुनासोलाई सम्बोधन गर्नुपर्ने उहाँहरुको जिम्मेवारी थियो तर ई. पौडेल दादागिरि शैलिमा आएर यो विषय हाम्रो सरोकारको विषय नै होईन , कार्यक्षेत्र भित्रै पर्दैन भन्दै उग्र शैलिमा प्रश्तुत हुनुभयो ? त्यति मात्रै होईन हामिले उठाएका विषयवस्तुमा पुर्ण जानकार हुँदाहुँदै पनि एक लाईन सोध्नु अनि त्यहि अनुसार जवाफ दिन्छु त्यो पनि क्यामेरामा होईन अफलाईनमा मात्रै हामीलाई अपमानजनक व्यवहार गर्नुभयो ।
के यो चाँही उहाँको अधिकार क्षेत्रभित्र पर्छ ? उहाँलाई जनताको गुनासोमा किन यति आपत्ति ? सबैभन्दा बढी कमिशनको खेल यहाँबाटै त हुन्न प्राविधिक ज्यु ? त्यसैले सबैको भण्डाफोर भैहाल्छ भनेर यिनिहरुलाई कि त यसो हप्ता दिएर पठाउनुप¥यो या त हप्काएर पठाउनुप¥यो सोच्नुभयो ?
सोच्नुभयो त के भन्नु उहाँहरुले हामीले सबै विषयमा जानकारी दिँदादिदै पनि यसो दशैंको छेको पारेर आउनुुस् न भन्दै आर्थिक प्रलोभनमा पार्ने प्रयास पनि गर्नुभयो । उहाँहरुको उद्देश्य एकदम क्लियर थियो बरु यसो कमिशन दिएर पठाउने तर मिडियामा चाँहि नबोल्ने ।
आखिर किन तपाईहरु ईमान्दर हुनुहुन्छ भने मिडियामा बोल्न किन डराउनुभयो ? फेरि कुरा यहाँ एउटा मिडिया लक्षित थिएन जनताको थियो ।
हामीसंगको लामो छलफल पछि मात्रै विभागका सुचना अधिकारीे जवाफ दिन तयार हुनुभयो ? उहाँले यातायात व्यवस्था विभागले सहजीकरण गर्ने काम मात्रै गर्ने भन्दै अन्य विषयमा बोल्न नमिल्ने बताउनुभयो । यातायात मन्त्रालयमा बुझ्दा उपयुक्त हुने भन्दै विभागको क्ष्ोत्रभित्र नपर्ने प्रतिक्रिया दिनुभयो । यता यातायात मन्त्रालयका सहसचिव भने यो विषय विभागले नै हेर्ने बताउनुहुन्छ ।
अखिर यहाँ के भईरहेको छ ? जनताको भावनामाथि यसरी खेल्न पाईन्छ ? यसबाट पनि प्रष्ट भएको छ नेपालको यातायात क्षेत्रको अवस्था किन यस्तो दयनिय अवस्थामा पुगिरहेको छ भनेर ।
हामीले भोगेको यस घटनाले नेपाली पत्रकारकारको पत्रकारिता शैलि पनि उदांगो बनाएको छ । सरकारी कर्मचारी र पत्रकारको मिलेमतो कतिसम्मको हुन्छ भनेर पनि प्रष्ट भएको छ । नेपाली सरकारी कार्यालयमा कर्मचारीले जति नै घोटाला गरेपनि बाहिर नआउने द्धिपक्षिय सम्बन्धले गर्दा रहेछ भन्ने पनि खुलेको छ । पत्रकारलाई चारो छर्के पछि जे काम गर्दा पनि हुन्छ भन्ने परिपाटि कसरी बनिरहेको भनेर प्रमाणित भएको छ । यस हिसाबले पत्रकारपनि सरकारी कार्यालयमा जनताको गुनासो लिएर सुचना माग्न होईन गुण्डागर्दि गर्नेले झैं हप्ता माग्न जान्छन् भने स्पष्ट भएको छ । सरकारी माफियाले मात्रै नभई यसरी बिक्ने पत्रकार र मिडियाका कारण आज देशमा यस्ता वेथिति निम्तिएका प्रमाणित भएको छ । बिकाउ सञ्चार माध्यम र सञ्चारकर्मिकै कारण सत्यतथ्य सुचना सम्प्रेशण गर्ने सञ्चार माध्यम र सञ्चारकर्मिलाई पनि बिकाउ कै दर्जामा लिईने गरिएको छ भने सञ्चार माध्यमप्रति जनताको भरोसा पनि मेटिदै गईरहेको छ ।।

English
MTV NEPAL MTVNEPAL


