अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चिनको भ्रमणमा निस्केका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १५ दिनपछि असोज १३ अर्थात शनिबार मात्रै स्वदेश फर्किए । हुन त कुनै पनि देशको सरकार प्रमुख १०÷१५ दिन विदेशमा गएर बस्दैनन् । त्यसैले पनि चिन भ्रमणमा मात्रै ८ दिन बिताएका प्रधानमन्त्री प्रचण्डको कुनै पनि राष्ट्र प्रमुखको सबैभन्दा लामो विदेश भ्रमण मानिएको छ । त्यसैमाथी प्रधानमन्त्री प्रचण्डले अहिले विश्वमै एकाअर्काका ठुला प्रतिद्वन्दी मानिने दुई विशाल राज्यको सिधै भ्रमण गरे जुन नितिमै छैन । खैर भ्रमणले खासै अरु उपलब्धि नदेखिएपनि यसले नपालका प्रधानमन्त्री कति फुर्सदिला छन् भनेर चाँहि प्रष्ट पारेको छ ।
यता प्रतिनिधिसभाको वैठकमा जेजे कुरा उठाउँछु भनेर उनि वाचा लिएर भ्रमणमा गएका थिय ती मध्ये अधिकांश मद्दा उनले उठाएनन् । सायद चिनको आतिथ्यतामा मोहित भएर राष्ट्रिय हितका कुरा नै उनले विर्षे छन् क्यारे । उठाएका मद्दा पनि अर्धकल्चो बनाएर आएका छन् ।
चिन भ्रमणका क्रममा उनले उठाउनुपर्ने पहिलो महत्वपुर्ण विषय थियो नेपाली नक्साको कुरा .. लिपुलेक ,लिम्पियाधुरा,कालापानिको कुरा जुन विषयमा उनले प्रवेश नै गरेनन् । यसमा परराष्ट्रमन्त्री पनि केहि नबोलरै बसे । उठाउनुपर्ने अर्को महत्वपुर्ण कुरा भनेको चिनसंग ४०० केभि विद्युत प्रशारणलाईनको कुरा थियो जसमा उनले २२० केभि मै हस्ताक्षर गरेर आए । कस्तो लाजमर्दो … अरु विषयको त के नै कुरा गर्नु र ?
त्यसैले पनि प्रतिनिधिसभाका कतिपय सांसदले पनि प्रधानमन्त्रीको यो भ्रमण राष्ट्रको हितका लागी नभई व्यक्तिगत भ्रमण जस्तो भएको भन्दै कटाक्ष गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्ड राज्यको ढुकुटीको खर्चले तिर्थयात्रा जानुबाहेकको अर्को कुनै उपलब्धि नदेखिएको टिप्पणी गरिरहेका छन् ।
त्यसैले पनि सरकारलाई आफ्नो भ्रमण उपलब्धिपुर्ण पुष्टि गर्न विभिन्न स्टण्ड गर्नुपरिरहेको छ । त्यसमा पनि सबैभन्दा प्रधानमन्त्री प्रचण्डलाई उपयुक्त लाग्यो पेट्रोलियम पदार्थको मुल्य थपघट भएको विषय । आम जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले पनि सरकारलाई यो विषय अत्यन्तै उपयुक्त लाग्यो होला । त्यसैले पनि उनले रातारात मुल्यबृद्धिको खेल खेले । फरक यति हो वृद्धि गर्दा आफु अप्रत्यक्ष बने अनि जनताद्धारा आफ्नो भ्रमणको विषयमा उठन्सक्ने प्रश्न तथा गुनासो ढाकछोप गर्न मुल्यवृद्धि फिर्ताको नाटक रचे । प्रधानमन्त्री स्वदेश फर्किनेबित्तिकै अस्वभाविक बढेको मुल्यवृद्धि घट्यो भनेर यता जनता मख्खै । किनकी प्रधानमन्त्रीको भ्रमण सकिन केहि दिन मात्रै बाँकी रहँदा एकाएक नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य अस्वभाविक रुपमा बढायो । त्यो पनि चाडबाडको बेला जनताको ढाड सेक्नेगरि ।
निगमले नेपालीहरुको महान चाड विजया दशमी तथा तिहारको मुखमा आएर खाना पकाउने ग्यासमा मात्र प्रति सिलिण्डर २१५ रुपैयाँको दरले बृद्धि गरेको थियो । त्यस्तै डिजेल, मट्टितेल र पेट्रोलमा समेत ३ देखि ६ रुपैयाँसम्म प्रतिलिटर मुल्य बृद्धि गरेको थियो ।
एकदिन अघि मात्रै पेट्रोलियम पदार्थमा अस्वभाविक मुल्यबृद्धि गरेको नेपाल आयल निगमले फेरि आईतबार राति १२ बजेदेखि लागू हुने गरी सो मुल्यबृद्धि फिर्ता लिने निर्णय ग¥यो । अब यसलाई के भनेर बुझ्ने ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएपछि वृद्धि गरिएको मूल्य घटाइएको निगमले जानकारी दियो ।
मुल्यबृद्धि गरेदेखि मुल्यबृद्धि फिर्ता लागु हुने समयबिचमा पनि त कतिका घरमा ग्याँसका सिलिण्डर रित्तिए होलान , बढेको मुल्य तिरेर मात्रै कतिका चुला बले होलान् ,आखिर के नाटक हो यो सरकारको ?
निगमद्धारा प्रकाशित विज्ञप्तिमा चाडवाड नजिकिएकाले उपभोक्ताको हितलाई ध्यानमा राखी प्रधानमन्त्री प्रचण्डले मुल्यवृद्धि फिर्ता लिन निर्देशन दिनुभएको भनि उल्लेख गरिएको छ । के त्यो भन्दा अघि के प्रधानमन्त्री ज्युले क्यालेण्डर हेर्नुभएको थिएन ? कि त यहाँको निजि सचिवालयले केहि जानकारी दिदैंन ? चाडवाड नजिकिएको थाहा नहुनलाई ? जनताको आँखामा छारो हाल्ने काम किन गर्नुहुन्छ ?
यसै पनि नेपालमा जन्मने वित्तिकै प्रत्येक नागरिकले ८० हजारका दरले ऋणको भारी बोक्नुपर्छ । अहिलेको हिसाब गर्ने हो भने पनि ३ करोड नेपालीको थाप्लोमा २४ खर्बको ऋणको भार छ ।
अब भन्नुस् प्रधानमन्त्री ज्यु १५ दिने भ्रमण पछि हामी नागरिकको थाप्लोमा अझैं कति ऋण थपेर आउनुभयो ? खै हिसाब ? तपाईंको जम्बो टोलीको अर्थहिन भ्रमणमा राज्यको कति ढुकुटी सकियो ? खर्च कति भयो यो भ्रमणमा ? जनतामाझ जानकारी गराउनुस् । कसमेकम ऋणीलाई त थाहा हुनुप¥यो नि कति ऋण लाग्यो भनेर ।।

English
MTV NEPAL MTVNEPAL


