तपाई यदि फिल्म हेर्न हलमा जानुहुन्छ भने तपाईंलाई यो पक्कै थाहा भएकै कुरा हो । हल भित्र प्रवेश गर्नुअघि दर्शकलाई कडा चेकजाँच गरिन्छ । हामीलाई लाग्छ त्यो सुरक्षा निम्ति होला तर तपाईं मध्य सायदैलाई थाहा होला त्यो सुरक्षा निमित्त मात्रै होइन व्यापारका निम्ति पनि हो । त्यो चेकजाँच बाहिरको खानेकुरा बहिष्कार गर्ने ‘वे’ पनि हो ।
यो मानविय स्वाभाव नै हो हामीलाई आफ्नै जिब्रोले मागेको स्वाद औंधी मन पर्छ । त्यसैले त मानिसहरुलाई आ–आफ्नै स्वाद अनुसारका खानेकुरा मन पर्दछन् तर फिल्म हेर्न हलमा जानुहुन्छ भने तपाईंले आफ्नो स्वाद अनुसारको खानेकुरा होईन हल भित्रको क्याफे वा खाजा घरमा जुनजुन खानेकुराहरु उपलब्ध छन् तीनै खानेकुरा खानुपर्छ त्यो पनि चर्को मुल्य तिरेर । ति खानेकुरा (पपकोर्न, कोलड्रिंग्श , समोशा ,क्रिमरोल आदिईत्यादि) यसले दर्शकको भोक तिर्खा मेटियोस् या नमेटियोस् तर हल सञ्चालकको पैसाको तिर्खा भने पक्कै मोटाउछ नै । त्यसैले पनि हल हाताभित्रै सञ्चालित क्याफे तथा खाजाघर हलवालाको राम्रै आर्थिक श्रोत बनेका छन् । यसले पनि हलसञ्चालकको दुईटै हातमा लडड् भने वाक्यांश पनि यहाँ कमजोर पर्न जान्छ ।
फिल्म बाट पैसा ,विज्ञापनबाट पैसा , क्याफेबाट पैसा मात्रै कहाँ होर यता पार्किङबाट पनि छुट्टै पैसा आउँछ हलवालालाई । नभए कुनै पनि मलहरुमा हल सञ्चालन छ भने पक्कै पनि हलले आफ्ना ग्राहकको लागि पार्किङको सुविधा उपलब्ध गराउनु पर्ने हो तर तपार्ईंहरु फिल्म हेर्न हलमा जानुभयो भने फिल्मको पैसा त तिर्नुहुन्छ यता पार्किङको पनि छुट्टै पैसा तिर्नुपर्ने हुन्छ । यसबाट पनि यो कुरा प्रष्ट हुन्छ कि मल र हल सञ्चालकको मिलेमतोमा पार्किङलाई पनि राम्रै आर्थिक श्रोत बनाईएको छ ।
हलमा फिल्मको नाममा पैसा असुलेर उपभोक्ता अधिकारको हनन् गर्दै दर्शकलाई अनावश्यक विज्ञापन दिएर सास्ती दिईन्छ यता महंगोमा भित्रकै खानेकुरा किन्नु पर्दा र पार्किङको शुल्क छुट्टै तिर्नुभन्दा दर्शकलाई आर्थिक भार समेत परिरहेको हुन्छ तर स्वयंम हामी दर्शकहरुनै यसविषयमा अनविज्ञ छौं । नत हामीहरुले यसरी अनावश्यक विज्ञापन किन देखाईयो भनेर आवाज उठाउछौं । न त फिल्म हेर्न आउँदा फिल्मको पैसा तिरितिरि पार्किङको पनि छुट्टै किन तिर्नुे भनेर प्रश्न गर्छौं । किन ?
सरोकारवाला निकायले पनि यसविषयमा सरोकार राखेको देखिदैन । दर्शक ठगिदा उपभोक्ता अधिकारकर्मि पनि यस्तो विषय पनि हुन्छ र झैं गर्छन ।
निति नै नहुँदा पनि हलमा विज्ञापन देखाईन्छ । आफ्नो पनि आर्थिक उन्नति हुने भएर होला विज्ञापन एजेन्सीलाई हलमा विज्ञापन देखाईनु उपलब्धि लाग्छ ।
के विज्ञापन देखाउने माध्यम केवल हलमात्र हुन् र ?
विज्ञापनबाटै आम्दानि गरेर सञ्चालन हुने विभिन्न सञ्चार माध्यम विज्ञापन नपाएर बन्द हुने अवस्थामा पुगिसके विज्ञापन एजेन्सीलाई भने हलको रेभिन्युको चिन्ता छ । विज्ञापन एजेन्सी नेपालका अध्यक्ष शोम प्रसाद धितालका अनुसार हलमा विज्ञापन देखाईनुलाई गलत रुपमा नलिई हलहरुको रेभिन्युको रुपमा लिनुपर्दछ ।
अध्यक्ष ज्यु त्यसो भए सञ्चार माध्यमको रेभिन्युको श्रोत के हो बताईदिनुस् न ?
हलमा विज्ञापन देखाउन पाईने ÷नपाईने त निति नै बनेको छैन भने यहाँहरुले ती विज्ञापनलाई सञ्चार माध्यमद्धारा प्रकाशन तथा प्रशारण गर्ने पहल पनि त गर्न सक्नुहुन्छ होला नि हैन ? कि त हलबाट पनि यहाँहरुलाई छुट्टै कमिशन आउँछ ?

English
MTV NEPAL MTVNEPAL


