बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको फाइनलमा भोगेको हारको बदला लिने मौकाका रुपमा लिएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले बताएका छन् । एपिएफका ११ खेलाडी प्रशिक्षणमा फर्केपछि ३ दिनको प्रशिक्षण गराएका थापाले बंगलादेशको महिला टोली बलियो रुपमा प्रस्तुत भएपछि दक्षिण एसियाको महिला फुटबलमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको बताएका छन् । गत वर्ष फाइनलमा दशरथ रंगशालामा नेपाललाई ३–१ ले हराउँदै बंगलादेश पहिलो पटक महिला साफ च्याम्पियनसिपको विजेता बनेको थियो । नेपालले भने हारेको थियो । बंगलादेशलाई हराउन सक्ने आधार प्रस्तुत गर्ने क्रममा थापाले आफुले पहिला देखि नै भन्दै आएको र अहिलेको महिला टोली भनेको गोल्डेन पुस्ता रहेको बताए । त्यसमाथि अहिले सावित्रा भण्डारी सम्बा चोटमुक्त भएर फर्केपछि लयमा रहेकाले पनि सबै हिसाबले नेपालले बंगलादेशलाई पराजित गर्न सक्षम रहेको उनले बताए । नेपाली टोली मंगलबार बंगलादेशतर्फ प्रस्थान गर्नेछ । नेपाल बंगलादेशबीचको पहिलो खेल असार २८ गते र दोस्रो खेल असारा ३१ गते हुनेछ

English
MTV NEPAL MTVNEPAL


