नेपाल सम्बत ११४० को अबसरमा यही कार्तिक १३ गते सार्वजनिक बिदा हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बर्ष ११४० को उपलक्ष्यमा काठमाडौंको बसन्तपुरमा आयोजना हुने शुभकामना सभामा सहभागी हुने बताउनु भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का प्रतिनिधि मण्डलसंग भेटघाटको क्रममा ओलीले उक्त कुरा बताउनु भएको हो ।
उहाँले आफू नेपाल संवतको ¥याली तथा सभामा प्रधानमन्त्री नभएको बेलामा पनि उपस्थित हुने गरेको स्मरण गर्दै यस बर्षको नयाँ बर्षमा आयोजना हुने सभामा विशेष रुपमा उपस्थित भई केही कुरा भन्ने इच्छा भएको विचार समेत व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले नेवार समुदायहरुले कार्तिक १३ गते भाईटिका गर्ने भएकोले उक्त दिन सार्वजनिक बिदा दिने जानकारी गराउदै नेपालको संस्कृति, परम्पराको उत्थानमा नेपाल सरकारको सदैव सहयोग हुने विचार समेत व्यक्त गर्नुभएको छ ।

English
MTV NEPAL MTVNEPAL


