आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्धः मुख्यमन्त्री गुरुङ

पाेखराः गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले मुलुकको आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्ध हुने बताउनुभएको छ ।

आज बेँसीशहरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी लमजुङले दशैं, तिहार, नेपाल संवत्, छठ, ल्होसारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

जनताको सहयोग, विश्वास जितेर सरकार अघि बढेमा आफ्नै प्रयासले विकास हुने मुख्यमन्त्री गुरुङको भनाइ थियो । उहाँले गण्डकी प्रदेशमा मात्रै करीब ५० प्रतिशत बिजुली उत्पादन गरी जलविद्युत्को विकास गर्न सकिने बताउँदै गण्डकी प्रदेश धेरै कुरामा अगाडि रहेको चर्चा गनुभयोे ।

सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङका इन्चार्ज तथा प्रदेशसभा सदस्य मायनाथ अधिकारीले सरकारले राम्रा काम गर्दा गर्दै पनि नकारात्मक प्रचार भइरहेकाले जनतालाई निराश बनाएकाले यस्ता भ्रमलाई हटाएर अघि बढ्दै समाज परिर्वतन गर्नका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्ने विचार राख्नुभयोे ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com