काठमाण्डौ, ०६ कार्तिक । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका २६ ठमेल नर्सिङ चोकबाट दुर्लभ बन्यजन्तु सालकको खपेटा र बिरालोको जस्तो देखिने छाला १ थान सहित २ जनालाई यही मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट किस्ताङ गाउँपालिका २ घर भई काठमाण्डौ कपन बस्ने वर्ष २८ को नवराज न्यौपाने र गोरखा सिरान चोक गाउँपालिका ६ घर भई काठमाण्डौ कपन बस्ने वर्ष २२ को केशव अर्याल छन् । निजहरूको साथबाट बन्यजन्तुको छाला १ थान र सालकको खपेटा १ के।जी ४०० ग्राम बरामद गरेको छ । काठमाण्डौ महानगरपालिका २६ ठमेल नर्सिङ चोकमा अवैध रुपमा कारोबार भईरहेको भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

English
MTV NEPAL MTVNEPAL


