अवैध रुपमा ल्याएका सामान बरामद ।

मोरङ, ६ कात्तिक । भारतबाट अवैध रुपमा ल्याएको करिब १ लाख ६१ हजार ६ सय ७० रुपैयाँ मूल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मंगलबार बरामद गरेको छ ।
बरामद भएका सामानहरुमा उक्त रुपैयाँ मूल्य बराबरका विभिन्न मोटर पार्टहरु, गिलास, बटुका, पापड, विभिन्न लत्ताकपडा, सुर्ती, सुपाडी, वदम र सुनपाप्री लगायतका छन् । उक्त सामान विराटनगर महानगरपलिकाका वडा नम्बर ६, १० र १४ का विभिन्न स्थानबाट बरामद गरिएको हो ।
बरामद सामान आवश्यक कारवाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com