ज्यान मारेको अभियोगमा पक्राउ ।

मोरङ, ६ कात्तिक । कर्तव्य गरी ज्यान मारेको अभियोगमा रंगेली नगरपालिका ९ दर्वेसा बस्ने भरतलाल राजवंशीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
रंगेली नगरपालिका ९ स्थित दर्वेशा वनकोल जोड्ने सडक खण्डमा सोही ठाउँ बस्ने ६५ वर्षीय पहाड चन्द राजवंशी २०७४ असार ११ गते साँझ शरीरका विभिन्न भागमा चोट लागेर मृत्यु भएको अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा भरतलाललाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनकै घरमा लुकी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
भरतलाललाई ज्यान सम्वन्धि कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com