राष्ट्रपति भण्डारीद्वारा नेपाली नारीको विशेष पर्व जितीयाकाे शुभकामना व्यक्त्त

काठमाडाैंः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीको विशेष पर्व जितीयाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।

बहुजाति, बहुभाषा, बहुसंस्कृति जस्ता विविधतायुक्त विशेषताले हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वलाई मौलिक तुल्याएको बताउँदै उहाँले आज दिनुभएको सन्देशमा यस्ता नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्बद्र्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि तिनको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिन आवश्यक रहेकामा जोड दिनुभएको छ । यस पर्वमा नारीहरुले परिवारजनको सुस्वास्थ एवम् समृद्धिको कामना गर्दै व्रत बसेर पूजा आराधना गर्ने प्रचलन छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com