नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सिताराम रेग्मीले असफल नेतृत्वका कारण म्यानपावर व्यवसायीहरुले करोडौंको बँैंक ग्यारेन्टी र नगद धरौटी राख्न म्यानपावर व्यवसायीहरु बाध्य भएको जनाएका छन् । बल बहादुर तामाङ्ग पछिको तेतृत्वका कारण व्यवसायीहरु धरासायी बनेको रेग्मीको दाबी छ । रेग्मीले तामाङ्गको नेतृत्वले आफ्नो व्यवसायीक छवि बनाएको उल्लेख गरेका छन् ।
बल बहादुर तामाङ्ग पछिको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व लोभी पापी माफियासँगको साठ गाठ भएको र उक्त साठ गाठले सरकारलाई गलत सल्लाहा दिई व्यवसायीहरुलाई दलदलमा फसाएको पनि रेग्मीले उल्लेख गरेका छन् । संघको आसन्न निर्वाचनको मैदानमा उत्रिएका व्यवसायीक दुई समुहलाई अध्यक्ष रेग्मीले माफियाहरुको ग्राण्ड डिजाइनमा खडा गरिएको गम्भीर आरोप लगाएका छन् ।
रेग्मीले नेता नभै व्यवसायीक नेतृत्वलाई छान्न सक्नु पर्ने उल्लेख गर्दै व्यवसाय रक्षाकालागि सक्षम व्यक्ति छान्न नसके आगामी दिनमा म्यानपावर व्यवसाय समाप्त भएर जाने ठोकुवा गरेका छन् । रोहन गुरुङ्गको नेतृत्वले सरकारले निर्णय गर्नु पहिले नै धरौटी बढाउन लिखित सहमती गरेको आरोप लगाउँदै सक्षम नेतृत्व छान्न आग्रह गरेका छन् ।

English
MTV NEPAL MTVNEPAL


