काठमाडौं ः हुम्लाको खार्पुनाथबाट सदरमुकाम सीमकोट जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप कर्णाली मंगलबार मध्यान्ह नदीमा जीप खस्दा कम्तीमा १० जना वेपत्ता भएका छन् । दुर्घटना भएर कर्णाली नदीमा खसेको जीप र सवार रहेका यात्रु तथा गाडीको केही पत्ता नलागेको जानकारी छ ।घटना स्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाहरुले खोजी जारी गरिरहेका छन् ।

English
MTV NEPAL MTVNEPAL


