तराईमा गर्मीको राप ः जनजिवन प्रभावित ।

महोत्तरी – तराई भागमा बढेको गर्मीले जनजिवन प्रभावित भएको छ । गर्मीले नै गर्दा दैनिक गुजारा चलाउन मुसकिल भएको छ । तराईका विभिन्न भागमा गर्मीकै कारण विद्यालय बन्द गर्ने बाध्य भएको विद्यालयका प्रमुख शिक्षकहरुले बताएका छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहले गर्मी छल्न केही दिन विद्यालय बन्द गर्ने तयारी गरेका छन् ।जिल्लामा तीन दिनदेखिघामको राप बढेको बताएका छन् । गत शनिबार बर्दिवासको ४३ सम्मको डिग्री सेल्सियस तापक्रम देखाएको थियो । गर्मीको रापले पोल्ने भएकोले सामान्य हिँडडुल पनि सकस भएको स्थानियहरुको बनाई छ। गर्मीले गर्दा सबै चोकमा त्यति चहलपहल आवागमन नभएको देखिन्छ । त्यस्तै शुक्रबार विराटनगरको तापक्रम ३८ डिग्री सेल्सियस मापनले जनाएको छ । वायुमण्डलीय तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएको छ । अतिनै गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ । सर्वसाधारण मजदुर र विद्यार्थीहरु गर्मीका कारण जनजिवन अस्तव्यस्त भएको बताएका छन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com