काठमाडौँ ः गतका दिनहरु हेर्दा सडक दुर्घटनाहरु ज्यादै न्यून भएको देखिन्छ ,तर पनि ट्राफिक नियम विपरीत जाने सवारीसाधनशहरु अझै देखिने गरेको छ । सडक सवारी दुर्घटनालाई नहुन दिन ट्राफिक प्रहरीहरुले विभिन्न नियम कायम गराई रहेका हन्छन् । यिनै साथ कोटेश्वर–कलंकी सडकमा सवारी दुर्घटना बढेको हुनाले सोमबारदेखि तीव्र गतिमा सवारी हाँक्न नपाइने नियम निर्माण गरेको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार अब सवारी चालकले मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा सवारी हाँक्न नपाइने छ । यस्तै सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको सीमा तोकिएको छ । तोकिएको सीमा उलंघन गरि सवारी चलाएको पाइएमा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ ९६० बमोजिम कारबाही हुने प्रहरीले जानकारी दिएको छ। तीब्र गतिकाका कारण नै कोटेश्वर–कलंकी सडकखण्डमा आजभोलि अप्रिय दुर्घटना बढेको दखिएको हुनाले यो निर्णय गरिएको ट्राफिक प्रहरी महाशाखाका जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


