काठमाडौं ः मुस्लिम धर्मालम्बीहरुको महान् चाँड इदुल्ल फित्र विश्वभरका मुस्लिम धर्मालम्बीहरुले आज मनाइरहेका छन् । विश्वभरी नै मुस्लिम धर्मालम्बीहरुको यो बडा खुसीका साथ मनाईने गरिन्छ साथै नेपालमा पनि मुस्लिम धर्मालम्बीहरुले यो पर्व मनाइरहेका छन् ।काठमाडौंसहित देशका विभिन्न स्थानका मस्जिदमा बिहानैदेखि मुस्लिम धर्मालम्बीहरुको भीड लागेको छ ।बिहान स्नान गरेर मस्जिदमा नमाज पढ्न उपस्थित भएका मुस्लिम धर्मालम्बीहरुले अहिले खुसी साटासाट गरिरहेका छन् ।काठमाडौंको जमलमा रहेको जामे मस्जितलगायतमा पनि बाक्लो उपस्थित छ । देशका विभिन्न स्थानबाट काठमाडौंमा आइपुगेका मुस्लिम धर्मालम्बीहरुले नमाज पढेर तथा शुभकामना आदानप्रदान गरेर अहिले आफ्नो महान चाडमा उत्सव मनाइरहेका छन् ।घण्टाघर वरपर मुस्लिम धर्मालम्बीहरु भेला भएकाले भीडभाड बढेको छ ।इदुल्ल फित्र मुस्लिम धर्मालम्बीको ठूलो चाड हो । सरकारले यो पर्व मनाउन आज सार्वजनिक बिदाको घोषण गरेको थियो ।
Muslims returning after attending the mornign prayers of Eid al-Fitr, which marks the end of the Muslim fasting month of Ramadan, at Mosque in Ghantaghar, on July 7, 2016. Photo: RSS

English
MTV NEPAL MTVNEPAL


