लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई युरोपका तीन शक्तिशाली क्लबहरु मध्ये एकले खरिद गर्न सक्ने ‘द सन’ ले जनाएको छ । विश्व फुटबलमा यो सिजनमा सर्वाधिक गोल गर्ने होडमा रहेका सलाहलाई खरिद गर्न बार्सिलोना, रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन ९पिएसजी० २ सय मिलियन पाउण्डको कीर्तिमानी रकम खर्च गर्न तयार हुनसक्ने सनले जनाएको छ ।
सलाह यस सिजन करियरकै उच्च लयमा छन्। उनले यो सिजन ४३ खेलमा क्लब र राष्ट्रिय टोलीमा गरेर ३७ गोल गरिसकेका छन्। रोमाबाट ३६।९ मिलियन पाउण्डमा लिभरपुल आएका सलाहलाई प्रिमियर लिगमा राख्न यर्गन क्लोपले कीर्तिमानी रकम अस्वीकार गर्नु पर्नेछ।
यहि जनवरी ट्रान्सफर विन्डोमा आफ्ना स्टार खेलाडी फिलिप कौटिन्होलाई १ सय ४५ मिलियन पाउण्डमा गुमाएको लिभरपुलले सलाहलाई पनि क्लबमा राख्न नसक्ने खतरा बढेको हो।सलाहलाई ‘इजिप्टसियन मेस्सी’को उपनामले पनि चिनिने गर्दछ । उनले अहिलेसम्म यो सिजन लिग फुटबलमा लियोनल मेस्सी भन्दा ३ गोलले अगाडि छन् ।

English
MTV NEPAL MTVNEPAL


