पर्यटन मन्त्री रबिन्द्र अधिकारिले निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अगाडि बढ्ने बताउनु भएको छ । आज चन्द्रगिरी डाँडामा आयोजित एक कार्यक्रमा बोल्दै अधिकारिले निजी क्षेत्रलाई समृद्धिको निम्ति सरकारसँग हातेमालो गर्न आग्रह गर्नुभयो ।
चन्द्रगिरी हिल्स प्रालि ले नवनियुक्त पर्यटनमन्त्रीको स्वागतमा आयोजित कार्यक्रममा कृषि, पर्यटन, जलस्रोत, खानीको अपार सम्भावना भए पनि स्थिर सरकार नहुँदा तिनीहरु टुंगोमा पुग्न नसकेको बताउँदै लामो समयको संघर्षपछि मुलुकमा दिगो सरकार बनेकाले समृद्धिको निम्ति काम गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले संघीय संसद् र प्रदेश संसद्मा आवश्यक कानून नहुँदा काम गर्न कठिनाइ भएको बताउँदै शीघ्र नीति र कानून निर्माण गरेर अघि बढ्न आफू तयार रहेको समेत बताउनुभयो । मन्त्रि अधिकारिले चन्द्रागिरी हिल्सले आन्तरिक र वाह्य पर्यटन अभिवृद्धि गर्न ठुलो योगदान पुर्याएको बताउँदै सन् २०२० को नेपाल पर्यटन बर्षमा नेपालमा पचास लाख पर्यटक भित्राउने सरकारको लक्ष रहेको बताउनु भयो ।
सो अवसरमा मन्त्री अधिकारीलाई चन्द्रागिरी हिल्सको तर्फबाट अध्यक्ष चन्द्र ढकालले खादा ओढाउँदै मायाको चिनो समेत दिनु भएको थियो ।

English
MTV NEPAL MTVNEPAL


