आजबाट एसईई परिक्षा सञ्चालन

आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । कुल चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी परीक्षा चैत २० गते सकिने छ ।

यो वर्ष एसईई दिने नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् ।

८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ। वेदविद्याश्रमतर्फका विद्यार्थीले भने अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा दिइरहेका छन् ।

यसपटक अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने भएकाले यस पटकको परीक्षा विशेष छ । १० वर्षपछि नयाँ पाठ्यक्रम लागू गर्दै गणित बाहेक सबै विषयमा प्रयोगात्मक परीक्षा लागू गरिएको हो ।

परीक्षामा अमर्यादित काम गर्नेलाई एक लाख जरिवाना र ६ महिना कैद वा दुवै सजायँ हुने शिक्षा ऐनमा व्यवस्था गरिएको छ ।

एसईईको नतिजा अघिल्ला वर्षजस्तै ग्रेड पद्दतीमै सार्वजनिक हुनेछ । उत्तीर्ण हुने परीक्षार्थीले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार अध्ययन गर्नेछन् । सरकारले हालै कक्षा ११ को पाठ्यक्रम परीमार्जनको निर्णय गरिसकेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com